काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्युठान निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो विवरण अनुसार ४ हजार ८१९ मत गणना भइसकेको अवस्थामा नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्दराज पोख्रेल अग्रस्थानमा रहेका छन्।
प्राप्त विवरण अनुसार पोख्रेलले १ हजार ९८४ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुशान्त वैदिकले १ हजार ४०५ मत पाएका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्ण ध्वज खड्काले ३६३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार सूर्य थापाले ३६४ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलक जिसीले ४३९ मत प्राप्त गरेका छन्।







