धनकुटा । धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई १० हजार ८५३ मतका साथ अगाडि छन् ।
उनलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली काँग्रेसका दिनेश राईले छ हजार ६७९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







