२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा ४ हजार ६ भन्दा बढी मत बदर

अ+ अ-

कास्की । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । 

जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ । 

कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा  एक हजार ८५२ मत बदर भयो । यसैगरी क्षेत्र नं २ मा ५३ हजार ३९५ मत खसेकामा ५२ हजार १८७ मत सदर हुँदा एक हजार २०८ मत बदर भयो । क्षेत्र नं ३ मा ६६ हजार २२४ मत खसेको थियो । यस क्षेत्रमा ६४ हजार ५८६ मत सदर हुँदा जम्मा एक हजार ६३८ मत बदर भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । 

 जिल्लमा विसं २०७९ को निर्वाचनमा भने पाँच प्रतिशत मत बदर भएको थियो । त्यस बेला प्रतिनिधिसभा सदस्य लागि एक लाख ७८ हजार ८०६ मत खसेकामा सदर मत एक लाख ७० हजार ३४४ र बदर मत आठ हजार ४६४ थियो । 

सूचना अधिकारी न्यौपानेले मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वस्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको जानकारी दिए। 

“विगतको निर्वाचनमा भन्दा मत बदर यसपटक धेरै नै कम भएको छ । सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकालेसमेत न्यून सङ्ख्यामा बदर भएको । अझै पूर्णरुपमा मतदाता शिक्षा पुग्न नसकेको देखिएको छ ।” न्यौपानेले भने ।