२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पराजयपछि राजीनामा दिने गगन थापाको संकेत, हतारमा निर्णय नगर्न विश्वप्रकाशको सुझाव 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पदबाट अलग हुने विषयमा छलफल गरेका छन्। उनले यस विषयमा उपसभापति विश्वप्रकाश शर्मासँग परामर्श गरेका हुन्।

सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटवार्तामा सभापति थापाले निर्वाचन परिणामलाई लिएर आफू गम्भीर आत्ममूल्यांकनमा पुगेको र पार्टीको हारको जिम्मेवारी वहन गर्दै पदत्याग गर्नु उपयुक्त हुन सक्ने धारणा राखेको स्रोतले जनाएको छ।

तर उपसभापति शर्माले भने तत्काल राजीनामा दिनु उचित नहुने मत व्यक्त गरेका छन्। उनका अनुसार निर्वाचन परिणामलाई कुनै एक व्यक्तिको जिम्मेवारीका रूपमा मात्र व्याख्या गर्न मिल्दैन। पार्टीको हार सामूहिक कारणबाट भएको भन्दै त्यसको विस्तृत समीक्षा आवश्यक रहेको उनले बताएका थिए।

शर्माले हालको परिस्थितिमा सभापतिले पदत्याग गरे पार्टी थप असहज अवस्थातर्फ धकेलिन सक्ने तर्कसमेत राखेका थिए। उनले नयाँ कार्यसमिति गठन भएको छोटो अवधिमै उम्मेदवारी दर्ता प्रक्रिया सुरु भई करिब पचास दिनभित्रै निर्वाचन सम्पन्न भएको स्मरण गराउँदै परिस्थितिको समग्र मूल्यांकन गरेर आगामी रणनीति तय गर्नुपर्ने सुझाव दिएका थिए।

उनका अनुसार पार्टीले निर्वाचन परिणामको सूक्ष्म समीक्षा गर्दै संगठनात्मक रूपमा अवस्था सम्हाल्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ।