२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्ट्रेट अफ हर्मुज’ का विषयमा आकस्मिक वार्ताका लागि आइएमओको आग्रह

अ+ अ-

लन्डन । अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ)ले मध्य पूर्व र विशेष गरी स्ट्रेट अफ हर्मुजमा जहाजको खतराबारे छलफल गर्न अर्को हप्ता ‘विशेष सत्र’ बोलाउने आइएमओले बिहीबार जानकारी गराएको छ। 

मार्च १८–१९ मा लन्डनस्थित आइएमओको मुख्यालयमा हुने बैठकमा यसका ४० सदस्यमध्ये छ सदस्य बेलायत, इजिप्ट, फ्रान्स, मोरक्को, कतार र संयुक्त अरब इमिरेट्स (युएई)ले अनुरोध गरेका थिए । 

यो बैठकको आह्वान विश्वव्यापी ऊर्जा आपूर्तिको अवरोधले ऊर्जाको मूल्यहरू बढाउने प्रक्षेपणबीच आएको हो ।

‘स्ट्रेट अफ हर्मुज’ बाट विश्वव्यापी कच्चा तेलको पाँच भागको एक भाग आपूर्ति हुन्छ । इरानको जवाफी आक्रमणले ‘स्ट्रेट अफ हर्मुज’ भएर आवतजावत गर्ने कार्गो जहाज र यसका खाडी छिमेकीहरू विरुद्ध प्रभाव पारेपछि विश्व बजारमा इन्धनको मूल्य वृद्धि हुनुका साथै आपूर्तिको अभाव हुने देखिएको छ । 

बिहीवार, इराकमा दुई तेल ट्यांकरहरूमा भएको आक्रमणमा कम्तिमा एक चालक दलका सदस्यको मृत्यु भएको थियो भने एक मालवाहक जहाजमा छर्रा लागेर आगलागी भएको थियो । 

इरानका नयाँ सर्वोच्च नेताले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्न आदेश दिनुभएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्यभन्दा इस्लामिक गणतन्त्रको ‘दुष्ट साम्राज्य’ रोक्नु महत्त्वपूर्ण भएको बताएका छन् । 

तेलको मूल्य बिहीबार १०० डलरभन्दा माथि पुग्दा सम्बन्धित बस्तुको बजारले घाटा व्यहोरेको छ।