२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैत ५ गतेदेखि १९ गतेसम्म कसरास्थित विक्रमबाबा पूजा

अ+ अ-

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ । 

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू जातिमा प्रचलनमा रहेको छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ ।

भरतपुर महानगरपालिका-२३ संरक्षक रहनेगरी मेलाको व्यवस्थापन गर्न लागिएको हो । वडाध्यक्ष दीपक दवाडीका अनुसार पूजा व्यवस्थापन, सरसफाइ, प्रदर्शनीकक्ष व्यवस्थापन, स्वास्थ्य समिति गठन गरेर काम गरिएको छ । उनले भने, “अहिले पूजा गर्ने मन्दिर सरसफाइ, सडक मर्मत र सरसफाइलगायतका काम भइरहेको छ ।

पूजा व्यवस्थापनका लागि केरुंगा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दवाडीको संयोजकत्वमा काम सुरु गरिएको छ । यसमा पटिहानी मध्यवर्ती उपभोक्ता समिति सदस्य रहने व्यवस्था गरिएको छ । यस्तै, निकुञ्ज, नेपाली सेना, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिसमेत रहने व्यवस्था गरिएको उनले जानकारी दिए । 

सामुदायिक वन क्षेत्रमा २५० वटा प्रदर्शनीकक्ष निर्माण गरी वितरण गरिने उनले बताए । सरसफाइ, खानेपानी, हेल्प डेक्स, दमकल एम्बुलेन्स र पानीट्यांकीको  व्यवस्था गरिने छ । विगत वर्षलाई हेर्दा यस वर्ष पनि छ लाखभन्दा बढी भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । पूजा गर्नका लागि बिहान ६:०० बजेदेखि बेलुका ५:०० बजेसम्म निकुञ्जमा प्रवेश खुला गरिनेछ भने निकुञ्ज बाहिर मेला बिहान ५:०० बजेदेखि साँझ ८:०० बजेसम्म सञ्चालन गरिने छ ।

मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीबीच समन्वयमा गरिने छ । पुलमा भक्तजनहरूको भीड नियन्त्रणका लागि नगर प्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ ।