काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा खुला समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत २६ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
हेर्नुस् सूचना :











