२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

अ+ अ-

गण्डकी । सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

ऐतिहासिक एवम् धार्मिक महत्वको यस गुफाको प्रवद्र्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ । यो गुफाका सम्बन्धमा परापूर्व कालदेखि स्थानीय जानकार भए पनि पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार हालै मात्र हुन थालेको सिद्ध गुफा विकास समितिका पूर्वउपाध्यक्ष बेलबहादुर थापाले बताए ।

उनका अनुसार गुफाको प्रवेश मार्ग साँघुरो भएका कारण निहुरिएर मात्रै भित्र पस्न सकिन्छ । विभिन्न तलामा संरचित यो गुफामा प्रवेश मार्गबाट करिब ३० मिटरभित्र पसेपछि पहिलो तला आउँछ । उक्त तलामा करिब १५० बढी मान्छे अटाउने ठाउँ छ । त्यसपछि दोस्रो, तेस्रो, चौथो हुँदै नवौँ तलासम्म गुफा फैलिएको छ ।

नगरपालिकाका प्रमुख सुवेदीका अनुसार यस अघि पुरानो पुस्ताका मानिस नवौ तलासम्म पुगेका थिए । “मेरै पिताजीले गुफाको नवौँ तलासम्म पुगेको अनुभव सुनाउनुहुन्थ्यो भने मेरो दाजुुले सात तलासम्म पुगेको सुनाउनुभयो”, उनले भने, “चौथो तलासम्म मसहित धेरै जना पुगेका छौँ ।”

अहिले पनि तेस्रो तलासम्म सजिलै पुग्न सकिने बताउँदै उनले चौथो तलामा जाने मार्गमा चुन ढुंगमा पग्लिएका कारण अत्यन्त साँघुरो र जोखिमयुक्त भएकाले माथि जान रोक लगाइएको बताए । चौथो तलामा आँफूू पुग्दा त्यहाँ तत्कालीन राजा सुरेन्द्रको पालामा काटिएका सिक्का, पैसा चढाउने तामाको भाडाजस्ता पुरातात्विक महत्वका सामग्री देखेको उनको भनाइ छ ।

सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्यमा यस गुफा पनि एक रहेको छ । जिदी खोला किनारको जंगल क्षेत्रमा अवस्थित यस गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिंग र विभिन्न देवीदेवताका आकृति देखिन्छन् ।

स्थानीय तेजबहादुर थापाकाअनुसार यस गुफाको धार्मिक रूपमा पनि उत्तिकै महत्व छ । प्रत्येक वर्ष साउन महिनामा शिवको विशेष पूजासँगै स्थानीयले बाली लगाउने र भित्र्याउने समयमा यहाँ पूजाआजासहित नवान्न चढाउने गर्दछन् । यहाँ चैते दसैँमा मेला लाग्ने गरेको छ । पछिल्ला समयमा यहाँको पर्यटकको आकर्षण बढ्दै गएको छ ।