२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कपमा पुलिसको कीर्तिमानी जित, बागमतीले पनि खोले जितको खाता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले उच्च स्कोरसहित प्रभावशाली जित दर्ता गरेको छ।

माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा पुलिसले एपिएफ क्लब विरुद्ध १८५ रनको फराकिलो अन्तरले विजय हासिल गर्‍यो। पुलिसले प्रस्तुत गरेको ३५६ रनको लक्ष्य पछ्याउने क्रममा एपिएफ ४४ ओभरमा १७० रनमै समेटियो। एपिएफतर्फ नन्दन यादवले अविजित ४४ रन तथा कमल ऐरीले ३५ रन बनाए पनि अन्य ब्याटर प्रभावकारी हुन सकेनन्।

पुलिसका बलरहरूतर्फ ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, रसिद खान र दिनेश खरेलले समान दुई–दुई विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले ९ विकेट गुमाउँदै ३५५ रन जोड्दै प्रतियोगिताको अहिलेसम्मकै उच्च योगफल कायम गरेको हो। यो उपलब्धिसँगै यसअघि एपिएफकै नाममा रहेको ३३९ रनको कीर्तिमान भंग भएको छ।

पुलिसका लागि दिनेश खरेल (६०), शंकर राना (६१), कप्तान आरिफ शेख (५०) र दिलसाद अली (नटआउट ५१) ले अर्धशतक प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए। एपिएफका बलर कमल ऐरी र अमर रौटेलाले दुई-दुई विकेट लिए।

यसै प्रतियोगिताअन्तर्गत तल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा बागमती प्रदेश ले पहिलो जित निकाल्दै गण्डकी प्रदेश लाई १७० रनले पराजित गर्‍यो।

२९५ रनको लक्ष्य पछ्याएको गण्डकी १२४ रनमै समेटिँदा अर्जुन कुमालले ७४ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न सकेनन्। बागमतीका रिजन ढकालले तीन विकेट लिए भने सन्दीप लामिछाने र इशान पाण्डेले दुई–दुई विकेट लिए।

यसअघि ब्याटिङ गरेको बागमतीले ८ विकेटको क्षतिमा २९४ रन बनाएको थियो, जसमा इशान पाण्डेले ७१ र आशुतोष घिरैयाले ५९ रनको योगदान गरेका थिए।