२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाका कारण स्थानीय तहका केन्द्र पुग्ने सडक अवरुद्ध

अ+ अ-

नुवाकोट । अविरल वर्षाका कारण ग्रामीण सडक बिग्रँदा यहाँका आधा दर्जन स्थानीय तहको कार्यालय सवारी साधनको पहुँचबाट वञ्चित भएका छन् ।

स्थानीय तहले विकास बजेटको ठूलो हिस्सा सडक निर्माण तथा स्तरोन्नतिमा खर्च गरे पनि सडक व्यवस्थित नहुँदा वर्षाका कारण आएको बाढीले ती सडक प्रयोगविहीन अवस्थामा पु¥याएको हो ।

ठूलो रकम खर्चेर विस्तार गरिएका सडक वर्षाले बगाउँदा जिल्लाको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर, तार्केश्वर गाउँपालिकाको केन्द्र दाङसिंह, किस्पाङ गाउँपालिकाको केन्द्र काहुले, पञ्चकन्या गाउँपालिकाको केन्द्र लाँकुरीभञ्याङ र शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरसम्म सञ्चालित सवारी साधान अवरुद्ध भएको हो । सडक अवरुद्धले जिल्लामा रहेका ८८ वटा वडा कार्यालय पनि सवारी साधनको पहुँच बाहिर छन् ।

बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको कार्यालय बाघखोर पुग्न असार पहिलो सातासम्म सार्वजनिक यातायातका गाडी सञ्चालन भइरहे पनि अहिले निजी गाडीसमेत चल्न सक्ने अवस्था नरहेको बताउनुभयो । उनका अनुसार जनताको माग र आवश्यकताका आधारमा एक वर्षमा २५५ सडक किलोमिटर सडक विस्तार गरे पनि ती अधिकांश सडक
वर्षाले क्षति पु¥याएका कारण केन्द्रबाट अन्यत्र जान कर्मचारी र सेवाग्राहीले सास्ती पाएका छन् ।

ग्रामीण सडक विस्तार भए पनि व्यवस्थित नहुँदा करोडौँ रुपैयाँको लगानी खेर गएको पञ्चकन्याका उपाध्यक्ष सीता खड्काले बताए । “गाउँमा विकास भित्र्याउन सबैभन्दा दुर्गम स्थानमा केन्द्र तोकेर सडक विस्तार गरी जनतालाई सेवा पु¥याउन थालेका थियौँ ।” खड्काले भने, “केन्द्रसम्म विस्तार गरेको सडकमा अहिले मोटरसाइकलसमेत चल्न नसक्दा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने अन्योलमा छौँ ।”

असार पहिलो सातादेखि नै निरन्तर परेको वर्षाले जिल्लाका बाह्रमध्ये पाँच स्थानीय तह सवारी साधनको पहुँचबाट वञ्चित हुँदा स्थानीयवासीको दैनिक क्रियाकलापमा असर परेको छ । रासस