२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमसार क्षेत्र संरक्षणमा नगरपालिका

अ+ अ-

नवलपरासी । सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान शुरु गरेको छ ।

नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी छन् । नगरपालिकाले ताल संरक्षण गरेर आयआर्जन गर्ने योजना ल्याए पनि प्रभावकारी हुन नसकेपछि ठोस योजनासहित संरक्षण अभियान शुरु गरेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

तालतलैया संरक्षणका लागि छुट्टै योजना नै बनाएर व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ । गुप्ताले भने, “व्यक्तिले भन्दा पनि सार्वजनिक कामका लागि ताल तलैया वरपरका जग्गाको संरक्षण गरेर आयआर्जनमा समेत टेवा पु¥याउने नगरको योजना छ ।”

यसैबीच पश्चिम नवलपरासीकै बर्दघाट नगरपालिका जहदामा रहेको पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको बुद्धमंगल तालको संरक्षणका लागि पनि उक्त नगरपालिकाले पहल शुरु गरेको छ ।

अहिले नगरपालिकाले नगरभित्रका सिमसार क्षेत्र र ताल तलैया संरक्षणका लागि कार्ययोजना नै बनाएर अगाडि बढेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

बुद्धमंगल ताल गौतमबुद्धसँग सम्बन्धित ताल हो । बुद्ध भगवान् त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा यस तालको कुटीमा एक रात बसेर भोलिपल्ट तालको पानी खाएर मात्र यात्रा गर्ने गरेको धार्मिक मान्यता रहिआएको छ ।

केही वर्ष अगाडि साविक जहदा गाविसले तालको व्यवस्थापन गरी माछापालन गर्न खोजे पनि ऐतिहासिक ताल भएकाले माछापालन गर्न नहुने जनआबाजले यसको व्यवस्थापन रोकिएको थियो ।

करीब १० देखि १२ बिगाहा क्षेत्रमा फैलिएको ताल बर्षौँदेखि अतिक्रमणको चपेटामा पर्दै अहिले सात बिगाहा क्षेत्रफलमा मात्र सीमित छ ।

पुरातत्व विभागमा आग्रह

पूर्वी नवलपरासीको गैँडाकोट–१३ सिख्रौलीवासीले दुई वर्ष अगाडि उत्खनन गरेका पुरातात्विक महत्वका वस्तु संरक्षणका गरी विस्तृत अध्ययनका लागि पुरातत्व विभागलाई गुहारेका छन् ।

स्थानीय शिवालय मन्दिरमा शिखर शैलीको ऐतिहासिक भग्नावशेष उत्खनन गरे पनि उचित रूपले संरक्षण हुन नसक्दा उत्खनन गरिएका वस्तु अलपत्र परेकाले थप अध्ययन गरेर सोहीअनुसारको संरचना तयार गर्न स्थानीयवासीले माग गरेका हुन् ।

केही क्षेत्रमात्र उत्खनन गरेर छोड्दा मन्दिर व्यवस्थापन समितिले पनि काम गर्न नपाएको र थप उत्खननसमेत नभएको भन्दै तत्काल उत्खनन गरेर निष्कर्ष दिन स्थानीयवासीले माग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद घिमिरेले बताए ।

नारायणी नदी किनारमा मन्दिर रहेको र प्रशस्त जग्गा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर अगाडि बढाउन सकेमा यस क्षेत्रको विकास हुने स्थानीयवासीको अपेक्षा छ ।

उत्खननका क्रममा १५औँ शताब्दीभन्दा पुरानो ऐतिहासिक र कलात्मक मन्दिर रहेको तथ्य फेला पर्नुका साथै करीब एक हजार २०० वटा विभिन्न वस्तु फेला परेको थियो । रासस