काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा भगवती खड्का पक्राउ परेकी छिन् ।उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
रामेछापको मन्थली स्थायी घर भई हाल काठमाडौँको शान्तिनगर बस्दै आएकी ३५ वर्षीया खड्कालाई अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप भएको छ ।
विद्युतीय कारोबार अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।







