२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सतर्कता केन्द्रद्वारा कार्यालय समय र सेवा प्रवाहको अनुगमनका लागि नौ जिल्लामा टोली परिचालन

अ+ अ-

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधार कार्यक्रम अनुसार कार्यालय समय पालन र सार्वजनिक सेवा प्रवाहको अनुगमन गर्न राजधानीबाहिर नौ जिल्लामा टोली परिचालित गरेको छ।

केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार आजदेखि लागू भएको परिमार्जित कार्यालय समय बिहान ९:०० देखि साँझ ५:०० बजेसम्म कायम गरिएको छ। टोलीहरूले कार्यालय समयको पालना, कर्मचारीको उपस्थिति, तोकिएको कार्य सम्पन्न भएको अवस्था तथा सेवाग्राहीका काम समयमा सम्पन्न भएका छन् कि छैनन् भन्ने विषयमा छड्के अनुगमन गर्ने काम गरिरहेको छ।

सहसचिव भट्टका अनुसार कहीँ कतै ढिलाइ वा सेवा अवरोध भएको अवस्था पाइएको खण्डमा केन्द्रले तत्काल सुधारको निर्देशन दिनेछ र भ्रष्टाचार वा नियमविरुद्धको कार्य भेटिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सूचनासहित पठाउने प्रक्रिया अगाडि बढाइँदै छ।

सतर्कता केन्द्रले सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा सहज बनाउने र भ्रष्टाचार नियन्त्रणमा आफ्नो सम्पूर्ण स्रोत र जनशक्ति परिचालित गरेको बताएको छ। दैनिक रूपमा उपत्यकाका कार्यालय, मन्त्रालय, विभाग तथा सरकारी निकायहरूमा समय पालन, फाइल ट्र्याकिङ र सेवा प्रवाहको निगरानी गर्दै छड्के रिपोर्ट तयार गर्ने कार्य निरन्तर जारी रहेको प्रवक्ता भट्टले जानकारी दिएका छन्।