२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने अर्थमन्त्री डा. वाग्लेको दाबी 

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा उनले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने रहेको बताए ।

बजेटमा सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनका लागि महत्त्वपूर्ण समेटिने बताउँदै मन्त्री डा. वाग्लेले गोरखकालीलगायत केही संस्थानलाई कुन ‘मोडालिटी’ मा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गरे ।

सरकारले अघि बढाएको सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानबाट केही समूह अतालिएको बताउँदै उहाँले अनुसन्धान थप सशक्त बनाउँदै नियम विपरीत कारोबार गर्नेलाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

मुलुकलाई ‘ग्रे लिस्ट’ बाट हटाउन पनि सरकारले सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिँदै मन्त्री वाग्लेले वर्षौँदेखि अनुसन्धान भएर थन्केका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पारे ।

उनले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको र दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए। मन्त्री डा. वाग्लेले युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको उल्लेख गरेका छन्।