काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विषयमा वर्तमान सरकारले दोहोरो चरित्र देखाएको बताएका छन् ।
पूर्ववर्ती सरकारले ऋण लिँदा तीव्र विरोध गर्नेहरूले नै अहिले संसदमा स्पष्ट नीति र प्राथमिकतासमेत नराखी ऋण लिइरहेको उनले बताएका छन् ।
हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको भन्दै पोखरेलले फेसबुकमार्फत जवाफ मागेका छन् ।
उनले लेखेका छन्, ‘दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो। तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ। ।’
सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक रहेको उनले बताए ।







