२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी

अ+ अ-

बाँके । बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएपछि लोपोन्मुख प्रजाति सतिसाल, साज, मौवालगायतका प्रजाति संरक्षण हुनुका साथै बहुमूल्य प्रजातिको रूपमा रहेका साल, खयर, अस्नालगायतका प्रजातिको संरक्षण भई वनको हैसियत सुध्रिँदै गएको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले बताए ।

उनका अनुसार, बाँकेमा हाल ११९ सामुदायिक वन रहेका छन्, जसले २६ हजार ११६ हेक्टर क्षेत्रफल ओगटेका छन् । तीमध्ये ३५ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएको छ भने दुई वटा सरकारी चक्ला वन रहेका छन् ।

पछिल्लो पटक राप्तीसोनारी गाउँपालिका–१, ३ र ४ मा २७०० हेक्टर क्षेत्रफलमा भुवरभवानी चक्ला वन व्यवस्थापन गरिएको छ । यसअघि जिल्लामा दुई हजार २६८ हेक्टर क्षेत्रफलमा शमशेरगञ्ज–माथेवास चक्ला वन सञ्चालनमा रहेको सिनियर डिभिजनल वन अधिकृत गुप्ताले बताए ।

दिगो वन व्यवस्थापन कार्यक्रम बाँकेमा ११ सामुदायिक वनबाट सुरु गरिएको थियो । तर अहिले वन सम्बद्ध प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम सफल हुँदै गएपछि यो कार्यक्रम विस्तार हुँदै डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए ।

“वनमा ‘वन सम्वद्र्धन प्रणाली’ लागू भएपछि अहिले वनको हैसियत सुध्रिनुका साथै सामुदायिक वनमा आश्रित रहेका उपभोक्ताको आयआर्जनको बलियो श्रोत बन्न थालेको छ”, सुवेदीले भने, “यो कार्यक्रम लागू भएसँगै समूहका उपभोक्तामा रोजगारीको सृजना भएको छ ।”

दिगो वन व्यवस्थापन कार्यक्रमको सबल पक्ष भनेको वनको पुनरउत्पादनसँगै काम गर्दा महिला पुरुषको समान ज्याला हो । सामुदायिक वनका उपभोक्ताहरूले वन व्यवस्थापनका लागि झाँडी सफाइ, बहुमूल्य प्रजातिको रूपमा रहेका साल, खयरको पुनरउत्पादन, प्रवर्द्धनका काम गर्दै आएका छन् । आम्दानी पनि हुने भएपछि उपभोक्ताले सक्रियता बढाएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत टंक गुरुङले बताए ।

दिगो वन व्यवस्थापन लागु भएपछि रोजगारी सृजना भएको छ । यसले समूहको आयआर्जन तीनदेखि आठ गुणासम्म वृद्धि भएको छ । हाल कोहलपुर क्षेत्रमा रहेका सामुदायिक वन क्षेत्रमा हुँडार, चौका, गिद्धजस्ता प्रजातिको उपयुक्त बासस्थान बन्न थालेको उनको भनाइ छ ।