२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

अ+ अ-

गलकोट (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ । 

नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि हालसम्म गणना गरिएको थिएन । हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए । 

सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक तथा स्थानीयको सहभागिता रहने छ । हिउँ चितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेका सिकार ब्लकमा ५६ क्यामेरा जडान गरिने छ । “पहिलोपटक हिउँ चितुवाको अवस्था पत्ता लगाउन लागेका छौँ, करिब १० जना गणकहरू ४५ दिनसम्म क्यामेरा राख्दै, प्रत्यक्ष फोटो तथा भिडियो खिच्दै र चितुवाको पाइला तथा दिसा संकलन गरी गणनाको प्रतिवेदन तयार पारिने छ”, सुवेदीले भने, “क्यामेराले कैद गरेका तस्बिर र अन्य स्थलगत प्रमाणहरूका आधारमा हिउँ चितुवाको सङ्ख्या पत्ता लाग्छ । आगामी वर्ष भने यहाँका नाउर र झारल गणना गरिने छ ।”

यस आरक्षको चार हजार मिटरदेखि सात हजार मिटरभन्दा माथिसम्म हिउँ चितुवाको बासस्थान रहेको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रफलमा फैलिएको आरक्षको मुख्यालय बागलुङमा रहेपनि म्याग्दी र रुकुम सम्म फैलिएको छ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्ने तयारी आरक्षले गरेको छ । 

रेन्जर सुवेदीका अनुसार हिउँ चितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । हिउँ चितुवाको दिसा संकलन गरेर प्रयोगशालामा परीक्षण गरिने र  पदचाप तथा संंकेत सर्वेक्षण पाइलाका आधारमा समेत गणना गरिने जनाइएको छ । 

यस आरक्षमा २०७९ सालको गणनाअनुसार एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए ।

0 Comments