२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजवंशी समुदायमा ‘सिरुवा पर्व’को उल्लास

अ+ अ-

झापा । पूर्वी नेपालका आदिवासी राजवंशी समुदायले मनाउने सबैभन्दा ठूलो चाड ‘सिरुवा पावनी’ आजदेखि सुरु भएको छ । हरेक वर्षको वैशाख १, २ र ३ गते सिरुवा पावनी मनाउने प्रचलन छ ।

राजवंशीसँगै ताजपुरिया र गनगाई समुदायले समेत मनाउने यस पर्वको आज पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई कादो सिरुवा र अन्तिम दिनलाई रङ सिरुवा भनिने गौरीगञ्जका आत्माराम राजवंशीले बताए । उनका अनुसार जल सिरुवामा एकले अर्कोलाई पानी छ्याप्ने, कादो सिरुवामा हिलो छ्याप्ने र रङ सिरुवामा अबिर दलेर शुभकामना तथा आपसी सद्भाव व्यक्त गर्ने प्रचलन रहिआएको छ ।

पहिलो दिन पानी सिरुवामा महिलाहरूले सात प्रकारका हरियो सब्जी पकाउने चलन छ । यसलाई ‘सात सागी’ भनिन्छ । त्यसरी पकाएको सब्जीलाई राखेर भोलिपल्ट कादो सिरुवाका दिन पन्ता भातसँग खाने चलन छ । सात सागीसँगै अठिया केराको सेवन पनि गर्ने चलन छ । औषधीय गुण भएको यो केराको गुदीमा दानाको मात्रा धेरै हुन्छ । झाडा पखाला र पेटको जलन हुँदा आरामका लागि यसको सेवन गरिँदै आएको छ । 

सिरुवा पावनीमा नयाँ वर्षभरि कसैलाई रोगव्याधि नलागोस् भनेर कामना गरिन्छ । सार्वजनिक स्थानमा घाटोसरी बनाउने र घाटोसरी भजन गाउने विशेष प्रचलन छ । सिरुवा पर्व सद्भाव साटासाट गर्ने पर्व हो । यसमा ग्रामथान र नदी गएर पूजापाठ गर्ने, मौलिक परिकार खाने र संस्कृति झल्किने विविध कार्यक्रम गरिन्छ ।

मौलिक भाषा, भेषभुषा र संस्कृति रहेको यस समुदायको मुख्य बसोबास झापा, मोरङ र सुनसरीमा रहेको छ । २०७८ को जनगणनाअनुसार राजवंशीको कूल जनसङ्ख्या एक लाख ३२ हजार ५६४ छ । रासस 

0 Comments