२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन

अ+ अ-

लिस्बन (पोर्चुगल) । पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले एक वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ ।

सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूसँगको भेटघाट, छलफल तथा अन्तरक्रियामा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दूतावास स्थापनाको एक वर्षको अवधिमा ३५ हजार बढीको सङ्ख्यामा राहदानीलगायत कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरेको जनाएको हो ।

दूतावासले सार्वजनिक गरेको प्रतिवेदनअनुसार राहदानी(इ–पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, शैक्षिक तथा पारिवारिक कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा र यात्रा अनुमति पत्रलगायत सेवा गरी कुल ३५ हजार ७८९ सेवा प्रवाह गरिएको छ । जसमा दूतावासले सबैभन्दा बढी प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरेको छ । प्रतिवेदनअनुसार २३ हजार ७८९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिएको छ । 

एक वर्षको अवधिमा दूतावासले पाँच हजार ७९६ जना नेपालीलाई राहदानी (इ–पासपोर्ट)सम्बन्धी सेवा प्रदान गरेको छ भने १०९ जनाको यात्रा अनुमतिपत्र जारी गरिएको दूतावासले जनाएको छ । 

यस्तै, पाँच हजार ६५५ वटा शैक्षिक प्रमाणपत्र, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण गरिएको छ । प्रतिवेदनअनुसार ४१४ वटा अधिकृत वारेसनामा र २६ वटा शव फिर्तीसम्बन्धी सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ । 

दूतावासले एक वर्षको अवधिमा २९ लाख ९० हजार युरो अर्थात् करिब ५० करोड नेपाली रुपैयाँ राजस्व संकलन गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए। 

दूतावासले प्रवाह गरेका सेवाहरूले पोर्चुगलवासी नेपाली समुदायलाई प्रत्यक्ष रूपमा सहजता प्रदान गरेको उल्लेख गर्दै राजदूत पौडेलले राहदानी, कागजात प्रमाणीकरणलगायत नियमित सेवाका साथै समस्या समाधानमा दूतावास निरन्तर सक्रिय रहेको बताए । 

दूतावासले प्रवर्द्धनात्मक कार्यहरू, नेपाली समुदायसँग सम्बन्धित कार्य, आर्थिक कूटनीतिसम्बन्धी पहल, पोर्चुगिज सरकारका विभिन्न निकायसँग सम्बन्ध तथा समन्वय, दुईपक्षीय सम्बन्ध विस्तार तथा दुई देशबीचका उच्चस्तरीय भ्रमणसम्बन्धी गतिविधिलगायत कूटनीतिक कार्य प्राथमिकताका आधारमा गरिरहेको जनाएको छ । 

सो अवसरमा दूतावासले एक वर्षमा गरेका कार्यहरू, दूतावासबाट प्रवाह हुने सेवाहरू, कूटनीतिक गतिविधिहरू तथा आगामी कार्ययोजनालगायत विषयमा जानकारी गराएको थियो । कार्यक्रममा राजदूत पौडेलसहित दूतावासका अन्य कर्मचारी तथा पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो ।

गत २०२५ मार्च ३१ मा लिस्बनमा दूतावास स्थापना भएको थियो भने २०२५ अप्रिल १६ बाट दूतावासले सेवा दिन सुरु गरेको थियो । पोर्चुगलमा नेपालीको यकीन तथ्यांक नभए पनि ६० हजारभन्दा बढीको सङ्ख्यामा नेपालीहरू रहेको दूतावासको अनुमान छ । 

0 Comments