२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

अ+ अ-

वीरगञ्ज (पर्सा) । बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ । 

जामुनी ब्यारेजमा हेडवक्र्सलगायत संरचना तयार भए पनि गेटलगायत संरचना अधुरो रहेकाले सिँचाइ परियोजना सञ्चालनमा आउन सकेको थिएन ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माणको काम अघि बढेको जानकारी दिए । ‘‘जामुनी ब्यारेजको हेडवक्र्सलगायत संरचना धेरै पहिला नै तयार भइसकेको थियो’’, उनले भने, ‘‘हेडवक्र्समा गेटलगायत संरचना नहुँदा सिँचाइको नहरले पूर्णता पाएको थिएन । केही समय अघि बोलपत्र प्रक्रिया अघि बढेसँगै अब सिँचाइले पूर्णता पाउने आशा जगाएको छ ।’’

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जामुनीमा हेडवक्र्समा अटोमेसन गेटलगायत संरचना निर्माणका लागि विसं २०८२ असार २० गते  निर्माण कम्पनीसँग रु १२  करोड १२ लाख तीन हजार ८१७ लागतमा ठेक्का सम्झौता गरेको थियो । सो ठेक्का सम्झौताअनुसार हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माण विसं २०८४ साउन २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ । 

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । 

 निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्रकुमार जैसवालले अहिलेसम्म अटोमेसन गेटलगायत संरचना निर्माणको काम ३० प्रतिशत भएको जानकारी दिए। ‘‘हेडवक्र्सको गेटलगायतका संरचनाको निर्माणको काम भइरहेको छ’’, उनले भने, ‘‘ठेक्का सम्झौताअनुसार नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’’ जामुनी सिँचाइबाट बाराको पूर्वी र रौतहटको गरेर करिब साढे नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने बताइन्छ । सो नदीबाट ७५० क्यूसेक पानी वितरण गर्न सकिनेछ ।

0 Comments