२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च शिक्षामा बजेट वृद्धिको माग गर्दै त्रिचन्द्रका विद्यार्थी सडकमा, ‘भिक्षा देही’ शीर्षकमा अभियान सुरु

अ+ अ-

काठमाडौँ । राजधानीस्थित त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब सिर्जना गर्ने उद्देश्यसहित सडक आन्दोलन थालेका छन् ।

उनीहरूले प्रतीकात्मक रूपमा ‘भिक्षा देही’ शीर्षकमा अभियान सञ्चालन गर्दै सरकारको ध्यानाकर्षण गराउन खोजेका हुन् ।

उक्त अभियान स्वतन्त्र विद्यार्थी युनियन को नेतृत्वमा शुक्रबारदेखि सुरु गरिएको जनाइएको छ । विद्यार्थीहरूको भनाइअनुसार उच्च शिक्षामा बजेट अभावले सार्वजनिक क्याम्पसहरूको गुणस्तर र पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको छ ।

सरकारी शैक्षिक संस्थाहरूमा आवश्यक स्रोत–साधनको कमी हुनुमा न्यून बजेट विनियोजन मुख्य कारण रहेको उनीहरूको दाबी छ । विद्यार्थीहरूले समग्र राष्ट्रिय बजेटको सानो अंश मात्र शिक्षामा छुट्याइने र त्यसभित्र पनि उच्च शिक्षाले सीमित हिस्सा मात्र पाउने अवस्था रहेको उल्लेख गरेका छन् ।

उनीहरूका अनुसार मुलुकको कुल बजेटबाट शिक्षामा करिब १० देखि १५ प्रतिशतसम्म विनियोजन हुने गरेको छ भने त्यसको झण्डै ८ देखि ११ प्रतिशत मात्र उच्च शिक्षामा खर्च हुने गरेको छ । विकसित शिक्षा प्रणाली भएका देशहरूले भने उच्च शिक्षाको सुदृढीकरणका लागि शिक्षातर्फको बजेटको करिब आधा हिस्सा विनियोजन गर्ने अभ्यास अपनाउने गरेको उनीहरूको तर्क छ ।

विद्यार्थीहरूले उच्च शिक्षामा लगानी वृद्धि गरी सार्वजनिक क्याम्पसहरूको पूर्वाधार, गुणस्तर तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

0 Comments