२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा केन्द्रीय समिति बैठकका लागि नौ एजेन्डा तय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। बैठकमा छलफलका लागि नौ वटा एजेन्डा तय गरिएको पार्टीले जनाएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा संगठनात्मक गतिविधिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिनेछ। साथै केन्द्रीय सदस्यहरूले आ-आफ्ना कार्यक्षेत्रको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ। यसका लागि २० जना सदस्यलाई दुई-दुई मिनेटको समय छुट्याइएको जनाइएको छ।

बैठकमा आगामी महाधिवेशनसँग सम्बन्धित कार्यविधिको प्रारम्भिक मस्यौदा, पार्टी विधानमा आवश्यक संशोधन, तथा स्थानीय तहका उम्मेदवार छनोटका लागि क्लब गठन र आवेदन प्रक्रिया सम्बन्धी विषयहरू प्राथमिक छलफलमा रहनेछन्।

त्यसैगरी प्रवासमा रहेका नेपालीलाई विदेशमै मतदानको व्यवस्था गर्न सकिने सम्भावनाबारे समेत छलफल गरिनेछ। पार्टी सचिवालयले गरेका निर्णयहरूको अनुमोदनसम्बन्धी विषय पनि एजेन्डामा समावेश गरिएको छ।

विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचारहरूको व्यवस्थापन, विषयगत विभागहरूको कार्ययोजना तयारी, नीति सम्बन्धी छलफल तथा संसदीय दलको विधान संशोधनका विषयमा पनि बैठकमा विचार–विमर्श हुने पार्टीले जनाएको छ।

तीन वटा छुट्टै प्रस्तावमार्फत विविध समसामयिक विषयमा छलफल अघि बढाइने तयारी गरिएको रास्वपाले स्पष्ट पारेको छ।

0 Comments