२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू

अ+ अ-

काठमाडौँ । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ । कार्यालयले अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै सेवाग्राहीमैत्री सेवा सुदृढ गर्ने उद्देश्यले आजदेखि उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

कार्यालयका सूचना अधिकारी मोहनसिंह दर्जीका अनुसार सेवाग्राहीले भोग्दै आएको भिडभाड तथा लामो समयसम्म पर्खिनुपर्ने समस्यालाई कम गर्न टोकन प्रणाली लागू गरिएको हो ।

जनशक्ति, क्षमता र संरचनालाई ध्यानमा राखी दैनिक सेवा व्यवस्थापन गरिने उनले बताए । उनका अनुसार ६ मोठ फाँटबाट प्रत्येकमा २५ टोकन वितरण गरिने छ । यसअनुसार दैनिक करिब १५० लिखत पारित तथा निर्णयसम्बन्धी कार्य टोकन प्रणालीमार्फत सञ्चालन हुनेछन् ।

सूचना अधिकारी दर्जीका अनुसार टोकन बिहान ९ बजे दर्ता–चलानी शाखा र नागरिक सहायता कक्षबाट वितरण गरिनेछ । सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजातसहित स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहको क्षमता र विस्तारसँगै आगामी दिनमा टोकन सङ्ख्या बढाउने योजना रहेको उनले बताए ।

टोकन प्रणालीमार्फत लिखत पारित, संशोधन, नामसारी, दाखिला खारेज, प्रतिलिपि, रोक्का तथा अद्यावधिकसम्बन्धी सेवा प्रदान गरिनेछ । फुकुवा, वर्गीकरण, स्रेस्ता उतार, हालसाबिक तथा भूमिसुधार फाँट सम्बन्ध कार्यका लागि भने टोकन आवश्यक नपर्ने सूचना अधिकारी दर्जीले बताए ।

यसैबीच कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ । सेवाग्राहीले अब परिचय खुल्ने कागजात देखाएर मात्र कार्यालय प्रवेश पाउने व्यवस्था गरिएको सूचना अधिकारी दर्जीले बताए ।

सेवाग्राहीको काम सहजीकरणको लागि आवश्यक परेमा मात्र भू-सेवा सञ्चालक, कानुन व्यवसायी तथा लेखापढी व्यवसायीलाई प्रवेश अनुमति दिइने छ । यस्ता व्यक्तिले कार्यकक्षभित्र अनियमित गतिविधि दोहोर्‍याए थप कडाइ गरिने कार्यालयले जनाएको छ ।

0 Comments