काठमाडौँ । तारकेश्वर नगरपालिका-१० मनमैजु शिव नगर टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
तारकेश्वर नगरपालिका-१० मनमैजु शिव नगर टोल बस्ने २२ वर्षीया सन्श्री श्रेष्ठको मृत्यु भएको हो । मंगलवार राति आफ्नै घरमा रहेको गिजर चेक गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
प्रहरीका अनुसार उनलाई शुभम् अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।







