२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा १० घण्टा लामो प्रहरी अपरेसन, १२२ जना नियन्त्रणमा

अ+ अ-

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको विशेष निगरानी तथा कारबाही अभियान अन्तर्गत १० घण्टे ‘स्विप अपरेसन’ मा १२२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले लागू औषध कारोबार तथा सेवन, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, तथा समूहगत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै अपरेसन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वैशाख ९ गते राति ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म पोखरा महानगरपालिकाका विभिन्न वडाहरूमा एकैसाथ अभियान सञ्चालन गरिएको थियो। उक्त कार्यका लागि जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूबाट करिब एक सय जनशक्ति परिचालन गरिएको थियो।

कारबाहीका क्रममा लागू औषध सम्बन्धी गतिविधिमा संलग्न, शंकास्पद रूपमा हिँडडुल गर्ने तथा मापसे गरी सार्वजनिक स्थानमा अव्यवस्था सिर्जना गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरी विवरणअनुसार पोखरा-६ क्षेत्र (लेकसाइड, ड्यामसाइड, गैराको चौतारा) बाट ३५ जना, वडा नं. ९ र १० (पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पतालचोक) बाट २० जना, वडा नं. १४ र १५ (एयरपोर्ट, फूलबारी, रामबजार) बाट १५ जना तथा वडा नं. २९ र ३० (भण्डारढिक, सैनिक बस्ती, पटनेरी) बाट १२ जना पक्राउ परेका छन्।

यसैगरी कसेरी, महेन्द्रपुल, लभ्लीडाँडा, बगालेटोल, तुलसीघाट, लामाचौर, चिसापानी, दिपाङताल, राजाचौतारा लगायतका स्थानबाट समेत व्यक्तिहरू नियन्त्रणमा लिइएको छ। माछापुच्छ्रे गाउँपालिकाबाट ३ जना र अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाबाट थप १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीले यस्ता स्विप अपरेसनलाई निरन्तरता दिइने जनाएको छ। साथै, लागू औषध प्रयोग, टोले गतिविधि, मापसे गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, ध्वनि प्रदूषण गर्ने तथा अन्य असामाजिक क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।

0 Comments