२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली स्थलमा 

अ+ अ-

काठमाडौँ । नदीकिनार तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरूको वर्तमान अवस्था मूल्यांकन गर्न राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन टोली परिचालन गरेको छ ।

आयोगका प्रतिनिधिहरू आइतबार बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्संग व्यास परिसरमा पुगेर त्यहाँ राखिएका विस्थापित परिवारहरूको अवस्था बुझ्न थालेका हुन् ।

काठमाडौँका थापाथली र गैह्रीधारा क्षेत्रबाट शनिबार हटाइएका व्यक्तिहरूलाई नेपाल प्रहरी तथा नगर प्रहरीले नागार्जुन, कीर्तिपुरस्थित सत्संग भवनलगायत विभिन्न स्थानमा अस्थायी रूपमा राखेको जनाइएको छ ।

उक्त प्रक्रिया कार्यान्वयनका क्रममा मानव अधिकार उल्लङ्घन हुन सक्ने सार्वजनिक चासो र आरोपहरू उठेपछि आयोगले प्रत्यक्ष अनुगमनका लागि टोली पठाएको जनाएको छ । टोलीले बसोबास, सुरक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकताको अवस्थाबारे जानकारी संकलन गरिरहेको बताइएको छ ।

आयोगले यसअघि पनि सुकुम्वासी व्यवस्थापनका विषयमा सरकारलाई पुराना सिफारिस कार्यान्वयन गर्न आग्रह गरेको थियो । वैशाख ११ गते पठाइएको पत्रमार्फत आयोगले २०६९ सालमा दिइएका सुझावहरू कार्यान्वयन गर्न स्मरण गराएको थियो ।

उक्त सिफारिसमा वास्तविक सुकुम्वासीको पहिचान गरी उपयुक्त वैकल्पिक आवासको व्यवस्था सुनिश्चित गरेपछि मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ । साथै, अतिक्रमित भूमि खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगरी संयमता अपनाउन पनि सरकारलाई सचेत गराइएको थियो ।

0 Comments