२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छ’ : राष्ट्रपति

अ+ अ-

दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । 

भानु नगरपालिका–४ चुँदीरम्घामा आज भानु साहित्य उद्यानको शिलान्यासपछि राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। “भानुभक्तकै कारण हामी नेपालीको रूपमा परिचित भएका हौं,” राष्ट्रपति पौडेलले भने । 

राष्ट्रपतिले भाषा एकताको आधार भएको उल्लेख गर्दै भानुभक्तको जन्मभूमि चुँदीरम्घालाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, भानु साहित्य उद्यान निर्माणले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चिनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

राष्ट्रपति पौडेलले साहित्य उद्यानलाई राष्ट्रिय एकताको केन्द्र बनाउनुपर्ने धारणा राखे। लामो समयदेखि प्रयास सार्थक हुने चरणमा पुगेको बताउँदै उनले यसलाई सहयोग गर्न सबैलाई अपिल गरे । 

तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले सुशासन र कानुनी आधार बलियो भएको उल्लेख गर्दै विकास तीव्र गतिमा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए। गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जितबहादुर शेरचनले भानु साहित्य उद्यान साहित्यिक पर्यटनको केन्द्र बन्नेमा विश्वास व्यक्त गरे । 

स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब रु एक अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सहरी विकास मन्त्रालयबाट रु २० करोड बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । 

उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिने उनले बताए । हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ ।

0 Comments