२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या भएको छ ।

गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरूमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ । “प्राय: तालहरू गर्मीका कारण सुकिरहेको भए पनि सोलार जडान गरेर पानी भर्ने काम पनि हुन्छ”, निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले भने, “निकुञ्जभित्र शिकारी तालबाहेकका तालहरूमा पानीको सतह निकै कम हुँदै गएको छ ।”

उनले बाबा ताल, रानी ताल, सालगौडी ताल लगायतका तालहरू सुक्न थालेको बताए। “ताल छेउछाउमा जडान गरेका सोलार जङ्गली हात्तीले भत्काइदिने गर्दा समस्या सिर्जना हुन्छ”, सूचना अधिकारी वाग्लेले भने, “वन्यजन्तुका लागि पानीको व्यवस्थापनमा धेरै तालहरूमा सोलार प्यानल जडान गरेर पानी भर्दै आएका छौँ ।” विश्वमै बाह्रसिङ्गाको दुर्लभ झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरू संरक्षण अभावमा पुरिँदैसमेत गएका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै संकटमा छ । 

“निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ताल पुरिँदै गएपनि बजेट अभावका कारण सरसफाइ गर्न सकिएको छैन”, उनले भने, “कृत्रिम र प्राकृतिक गरी १२० वटा तालतलैया छन् ।”

विश्वमै दुर्लभ दुई हजार ४०० भन्दा बढी बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा ४४ वटा पाटेबाघ रहेको शुक्लाफाँटामा ४३० भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन् । बाघ गणना यस वर्ष सकिएको छ भने अहिले निकुञ्जभित्र बाह्रसिङ्गा गणना चलिरहेको निकुञ्ज कार्यालयले जनाएको छ । 

0 Comments