२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदै

अ+ अ-

काठमाडौँ । आज भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । यो दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ आज पहिलो पटक मनाइँदै छ । 

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२५ अप्रिलमा प्रत्येक वर्ष अप्रिल २९ लाई उक्त दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सोहीअनुरूप राष्ट्रसंघका  सदस्य राष्ट्र, संयुक्त राष्ट्रसंघीय प्रणालीअन्तर्गतका निकाय तथा सम्बन्धित अन्तर्राष्ट्रिय सङ्ठनहरूलाई यसको स्मरणमा सहकार्य गर्न आह्वान गरेको छ ।

प्राकृतिक विपत्तिमध्ये भूकम्पलाई सबैभन्दा घातक मानिन्छ । म्यान्मा र अफगानिस्तानमा पछिल्लो समयका शक्तिशाली भूकम्पले पूर्वाधार ध्वस्त पार्नुका साथै समुदायलाई विस्थापित गरेको छ । यसबाट ती देशको दीर्घकालीन सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर पारेको छ । 

संयुक्त राष्ट्रसंघका अनुसार सन् १९०० यता कम्तीमा १२ वटा ठूला भूकम्पले प्रत्येकमा ५० हजारभन्दा बढीको ज्यान लिएको छ । विश्वव्यापी विपद् क्षतिमध्ये एक चौथाइभन्दा बढी हिस्सा भूकम्पजन्य क्षतिले ओगट्ने गरेको र पछिल्ला दशकहरूमा खर्बौँ डलर बराबरको आर्थिक नोक्सानी भएको छ । 

प्रत्यक्ष विनाशबाहेक भूकम्पले आगलागी, सुनामी र पहिरो जस्ता थप जोखिमसमेत उत्पन्न गराई आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा अकल्पनीय क्षति पुर्‍याएको छ ।

0 Comments