२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी सञ्चालनमा ल्यायो, औषधिमा २५ प्रतिशतसम्म छुट

अ+ अ-

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यसहित सुलभ फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ।

नगरपालिकाले सार्वजनिक सेवा पहुँच विस्तार गर्ने योजनाअन्तर्गत उक्त औषधि पसल सुरु गरेको हो।

तिलोत्तमा नगरपालिका–५, मणिग्राममा स्थापना गरिएको फार्मेसीको उद्घाटन बुधबार नगर प्रमुख रामकृष्ण खाँणले गरेका हुन्।

नगरपालिकाका अनुसार फार्मेसीमार्फत नगरभित्र मात्र नभई देशभरका सेवाग्राहीले समेत औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख खाँणले यो पहल अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्ने दाबी गरे। उनले आगामी आर्थिक वर्षदेखि नगरपालिकाले थप सेवा विस्तार गर्दै प्याथोलोजी सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

नगरपालिकाले सञ्चालनमा ल्याएको फार्मेसी व्यवस्थापनका लागि बुट्स मेडिको प्रालिसँग पाँच वर्षे सम्झौता गरिएको छ।

सम्झौताअनुसार फार्मेसी सञ्चालन रहेको भवनको वार्षिक दुई लाख ५० हजार रुपैयाँ भाडा नगरपालिकाले व्यहोर्नेछ भने सेवा सञ्चालन तथा छुट व्यवस्थापन सम्बन्धी जिम्मेवारी कम्पनीले लिनेछ।

फार्मेसीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका सबै प्रकारका औषधिहरू उपलब्ध गराइने जनाइएको छ।

नगरपालिकाले यो सेवा विस्तारले निजी फार्मेसीमा उच्च मूल्य तिरेर औषधि खरिद गर्नुपर्ने बाध्यता घट्ने र नागरिकलाई सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरेको छ।

0 Comments