२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रको भन्सार नीतिप्रति गगन थापाको आपत्ति, पुनरावलोकनको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लागू गर्ने सरकारी व्यवस्थालाई अव्यवहारिक भन्दै तत्काल पुनर्विचार गर्नुपर्ने बताएका छन्। उनले सीमा क्षेत्रका नागरिकको दैनिक जीवनमा यस नीतिले प्रत्यक्ष कठिनाइ सिर्जना गरेको दाबी गरेका हुन्।

सर्लाहीस्थित सीमावर्ती क्षेत्र मधुवनीको अवलोकनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले स्थानीय नागरिकसँगको भेटघाटपछि आफू गम्भीर चिन्तासहित फर्किएको उल्लेख गरेका छन्। उनका अनुसार हाल लागू गर्न खोजिएको भन्सार सम्बन्धी प्रावधानले सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई अनावश्यक झन्झट थपेको छ।

थापाले दैनिक मजदुरीका लागि भारत जाने-आउने नागरिक सामान्य वस्तु लिएर फर्किँदा समेत लामो समय सीमामा रोकिनुपर्ने अवस्था आएको उदाहरण दिएका छन्। यसले नागरिकको सम्मानमा समेत असर परेको भन्दै उनले एक स्थानीय महिलाको भनाइ उद्धृत गर्दै पहिले सहज रूपमा हुने आवागमन अहिले डरका बीचमा हुने अवस्था बनेको बताएका छन्।

उनका अनुसार यो व्यवस्था नयाँ नभई विगतदेखि नै कानुनी रूपमा रहे पनि यसलाई व्यवहारमा लागू नगर्ने अभ्यास रहेको थियो। उनले विगतका सरकारहरू, साथै आफ्नै पार्टी नेतृत्वको समयमा समेत यसको पूर्ण कार्यान्वयन नगरेको स्वीकार गर्दै समयमै सुधार गर्न नसक्नु कमजोरी भएको टिप्पणी गरेका छन्।

थापाले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाउने प्रावधानलाई नागरिकमैत्री नभएको बताउँदै यसलाई “हेपाहा प्रवृत्ति”सँग तुलना गरेका छन्। उनका अनुसार यस्तो नीति सीमावर्ती मधेश क्षेत्रमा जनजीवनलाई प्रभावित पार्ने खालको छ।

उनले भन्सार विभागले समेत यसबाट उल्लेखनीय राजस्व संकलन नहुने स्वीकार गरिसकेको उल्लेख गर्दै यस्तो व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएका छन्। महिला, विद्यार्थी, किसान तथा श्रमिक वर्ग यसबाट बढी प्रभावित भएको उनको भनाइ छ।

थापाले सीमामा पहिलेको जस्तै सहज आवतजावत सुनिश्चित गर्न र विवादित व्यवस्था तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। सीमा क्षेत्रलाई केवल भौगोलिक किनार नभई आर्थिक, सामाजिक र सांस्कृतिक सम्पर्कको महत्वपूर्ण आधारका रूपमा हेर्नुपर्ने उनले जोड दिएका छन्।

0 Comments