२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. रामशरण महतको स्वास्थ्य अवस्था मूल्यांकन गर्न विशेष अदालतको वीर अस्पताललाई निर्देशन

अ+ अ-

काठमाडौँ। विशेष अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतको स्वास्थ्य अवस्थाबारे विस्तृत परीक्षण गरी प्रतिवेदन पेस गर्न वीर अस्पताललाई आदेश दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले डा। महतको स्वास्थ्य स्थिति मूल्यांकनका लागि वीर अस्पतालको मेडिकल बोर्डमार्फत परीक्षण गर्न र सोको निष्कर्ष अदालतमा पेस गर्न निर्देशन दिएको हो ।

उनीविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी लाभ र हानि भएको आरोपसहित भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन छ । सोही मुद्दासँग सम्बन्धित प्रक्रियामा डा। महतको स्वास्थ्य अवस्थाबारे प्रश्न उठेपछि अदालतले उक्त आदेश जारी गरेको हो ।

मुद्दा प्रक्रियामा उनकी पत्नी रोशनी महतले डा. महत पछिल्ला दुई वर्षदेखि ‘फ्रन्टो टेम्पोरल डिमेन्सिया’बाट प्रभावित भई मानसिक तथा शारीरिक रूपमा गम्भीर अवस्थामै रहेको दाबी गर्दै मुद्दा मुलतबी राख्न अनुरोध गरेकी थिइन् ।

निवेदनमा डा. महतको संज्ञानात्मक अवस्था कमजोर भई उनी न्यायिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन नसक्ने स्थिति रहेको उल्लेख गरिएको थियो । उक्त माग मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ अनुसार दायर गरिएको जनाइएको छ ।

अदालतले वीर अस्पतालको मेडिकल बोर्डबाट प्राप्त हुने प्रतिवेदनका आधारमा सम्बन्धित मुद्दालाई मुलतबी राख्ने वा नराख्ने विषयमा थप निर्णय गर्ने जनाएको छ ।

0 Comments