काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नयाँ सदस्यहरूको मनोनयन गरिएको छ । पार्टीको संगठनात्मक संरचना अन्तर्गत गरिएको उक्त नियुक्तिअनुसार ३९ जना व्यक्तिहरूलाई प्रतिष्ठानको सदस्यका रूपमा जिम्मेवारी प्रदान गरिएको हो ।
प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) अनुसार उनीहरूको नियुक्ति गरेका हुन् । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त प्रक्रिया पार्टीको प्रचलित विधानअनुसार सम्पन्न गरिएको हो ।
नियुक्त भएका सदस्यहरूको सूचीमा विभिन्न क्षेत्र, पृष्ठभूमि र जिल्लाका प्रतिनिधित्व रहने गरी समावेश गरिएको छ । प्रतिष्ठानमा नीति निर्माण, अनुसन्धान तथा प्रशिक्षणसँग सम्बन्धित कार्यलाई सुदृढ बनाउन यी सदस्यहरूको भूमिका रहने अपेक्षा गरिएको छ ।
नियुक्त सदस्यहरूमा मधु आचार्य (काभ्रेपलाञ्चोक), डा. गोपाल दहित थारु (बर्दिया), अञ्जु झा (रौतहट), उमेश श्रेष्ठ (ललितपुर), प्रा. डा. गोविन्दराज पोखरेल (प्युठान), मीन भाम (मुगु), डा. अञ्जनीकुमार झा (महोत्तरी), डा. यादव पण्डित (प्रवास) लगायतका नाम समावेश छन् ।
त्यसैगरी बद्री सिग्देल (बर्दिया), गोपालप्रसाद पोखरेल (सुनसरी), श्रवण मुकारुङ (भोजपुर), मोहना अन्सारी (बाँके), महेन्द्रप्रसाद यादव (सप्तरी), श्रीप्रसाद भलामी मगर (गुल्मी), विनोद दास (बारा), ई. दिपेश विष्ट (काठमाडौँ), डा. कृष्णप्रसाद पौडेल (कास्की), प्रकाश लामिछाने (सुर्खेत) लगायतलाई पनि सदस्यका रूपमा नियुक्त गरिएको छ ।
सूचीमा सूर्यमाराज राई (मोरङ), मनबहादुर थापा (चितवन), विमला राई (खोटाङ), राकेश सिंह (पर्सा), नरेन्द्र पासवान (रौतहट), दक्ष पौडेल (काठमाडौँ), कञ्चन झा (पर्सा), सुमित शर्मा ‘समीर’ (धनुषा), खगेन्द्र आचार्य (काठमाडौँ), डा. डी.बी. सुनार (अछाम), रोशनी गिरी (काठमाडौँ), जनक चटौत (डडेल्धुरा), डोलराज भुसाल (स्याङ्जा), अमृत ज्ञवाली (गुल्मी), एलिजा ढकाल (तनहुँ), प्रकृति भट्टराई (काठमाडौँ), कैलाश के.सी. (सोलुखुम्बु), स्वीकृति पौडेल (काठमाडौँ), उमंग लोहनी (चितवन), गोकुल लिम्बू (ताप्लेजुङ) तथा प्रमेश खनाल (काठमाडौँ) समेत रहेका छन् ।
पार्टी नेतृत्वले प्रतिष्ठानमार्फत नीति निर्माण, अध्ययन तथा प्रशिक्षण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको जनाएको छ ।







