२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसदमा विद्युतीय हाजिरी प्रणाली लागू हुने, सांसदको बायोमेट्रिक विवरण संकलन सुरु

अ+ अ-

काठमाडौँ । संघीय संसदमा सांसदहरूको उपस्थिति अभिलेखीकरण प्रणालीलाई डिजिटल बनाउन विद्युतीय हाजिरी व्यवस्था लागू गरिने भएको छ। यस प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन प्रक्रिया भोलिदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले जारी गरेको जानकारीअनुसार बायोमेट्रिक विवरण संकलनका लागि सांसदहरूलाई तोकिएको समय तालिका र स्थानअनुसार उपस्थित हुन आग्रह गरिएको छ। विवरण संकलनका क्रममा औपचारिक फोटो समेत खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संसदको लोगो सहित उपस्थित हुन निर्देशन दिइएको छ।

समितिगत व्यवस्था अनुसार विवरण संकलनका लागि अलग–अलग समय निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई भोलि बिहान १० देखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ।

त्यसैगरी अर्थ समिति र विधायन व्यवस्थापन समितिका सदस्यहरूका लागि अर्थ समितिको हलमा विवरण संकलन गरिनेछ। उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सदस्यहरू तथा कानुन, न्याय र मानवअधिकार समितिका सदस्यहरूका लागि पनि भोलि नै दिउँसो छुट्टाछुट्टै समयमा तोकिएका हलमा उपस्थित हुन निर्देशन दिइएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूको विवरण पर्सि बिहान सार्वजनिक लेखा समितिको हलमा संकलन गरिनेछ। पूर्वाधार विकास समिति तथा सार्वजनिक नीति र प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई पनि सोही दिन अर्थ समितिको हलमा उपस्थित हुन भनिएको छ।

त्यस्तै महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूका लागि पर्सि दिउँसो छुट्टाछुट्टै स्थानमा विवरण संकलन गरिने कार्यक्रम तय गरिएको छ।

सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको बायोमेट्रिक विवरण भने वैशाख २८ गते बिहान सम्बन्धित समितिको हलमा संकलन गरिने सचिवालयले स्पष्ट पारेको छ।

0 Comments