२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुटपाट प्रयासको प्रतिकार गर्ने महिलालाई प्रहरी महानिरीक्षक कार्कीले गरे सम्मान

अ+ अ-

काठमाडौँ । लुटपाटको प्रयास भएको घटनामा साहसिक रूपमा प्रतिकार गर्दै प्रहरीलाई सहयोग पुर्‍याएकी एक महिलालाई नेपाल प्रहरीले सम्मान गरेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ महानगरपालिका-२२, वटु निवासी सञ्जिता शाक्यलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । शाक्य काठमाडौँ महानगरपालिका-२४, तुछेनानी गल्लीस्थित नैना एन्ड ईशान ज्वेलर्समा कार्यरत रहेको जनाइएको छ ।

गत वैशाख १७ गते दिउँसो ज्वेलर्समा दुई जना व्यक्तिले पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास गर्दा उनले जोखिमपूर्ण परिस्थितिमा पनि साहसिक प्रतिकार गर्दै घटना नियन्त्रणमा सहयोग पुर्‍याएको प्रहरीको भनाइ छ । सो घटनामा संलग्न तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले शाक्यको साहस, जिम्मेवारीबोध र नागरिक कर्तव्यप्रतिको सक्रियताको प्रशंसा गरे । उनले यस्तो अवस्थामा नागरिक र प्रहरीबीचको सहकार्यले अपराध नियन्त्रण र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

सम्मानित शाक्यले घटनाको क्रममा देखिएको आफ्नो अनुभव पनि कार्यक्रममा साझा गरेकी थिइन् । प्रहरीका अनुसार उनले समयमै हुलिया विवरण र सिसिटिभी फुटेज उपलब्ध गराउन देखाएको सक्रियताले अनुसन्धान प्रक्रियालाई सहज बनाएको थियो ।

नेपाल प्रहरीले उनको साहसले सम्भावित ठूलो आपराधिक घटना रोक्न सहयोग पुगेको र समाजमा अपराधविरुद्ध सचेतना तथा प्रतिरोधको सकारात्मक सन्देश प्रवाह भएको जनाएको छ ।

0 Comments