२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलागिरि हिमाल आरोहण बापत एक करोड ३४ लाख सलामी दस्तुर

अ+ अ-

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर संकलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिइन्।

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार १६७ मिटर उचाइमा रहेको छ । अन्नपूर्ण हिमालको आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएकोले पर्वतारोहण पर्यटनमा गण्डकी प्रदेशको अग्रणी स्थान रही आएको छ ।

अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । समयसमयमा परिवर्तन हुने मौसमका कारण आरोहणका दृष्टिले धौलागिरि हिमाललाई कठिन हिमालका रूपमा लिइने नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले जानकारी दिए । 

“समयसमयमा हुने मौसमको परिवर्तनका साथै भौगोलिक अवस्थिति धौलागिरि हिमाल आरोहणका लागि मुख्य चुनौती हो”, उनले भने, “यो हिमाल विशेष गरी जोखिमपूर्ण साहसिक हिमाल आरोहण रुचाउने आरोहीको रोजाइमा पर्ने गरेको छ ।”सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक यस हिमालको सफल आरोहण गरेका थिए । उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धौलागिरिको चुचुरोमा पुगेका थिए । 

पहिलो आरोहण भएको दिनको सम्झनामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल९टान० गण्डकीसहित विभिन्न संघसंस्थाले प्रत्येक वर्षको मे १३ को दिनलाई धौलागिरि आरोहण दिवसका रूपमा मनाउँदै आएका छन् ।

यस वर्ष पनि मे १३ नजिकिँदै गर्दा यसको आरोहण दिवस मनाउनका लागि तयारी गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । धौलागिरि हिमाल आरोहणको ६६ औँ वर्ष पूरा हुँदै गरेका अवस्थामा यस वर्ष ६६ औँ धौलागिरि हिमाल आरोहण दिवस उक्त हिमाल जाने अन्तिम मुदी गाउँमा विशेष कार्यक्रमका साथ मनाउन लागिएको उनले बताए।

“धौलागिरि हिमालको महिमा र गरिमालाई उचो बनाउनुका साथै यस हिमालसँग जोडिएका गाउँहरूको पर्यटन प्रवर्द्धन गर्ने गरी हामीले कार्यक्रम तय गरेका छौँ”, उनले भने, “दिवसका अवसरमा यस वर्ष धौलागिरि हिमालको काखमा रहेका मुना गाउँ, मुदी गाउँ आदिसँगै यस क्षेत्रको पर्वतीय पर्यटनसहित पदयात्रा प्रवर्द्धन गर्न लागिएको हो ।” 

दिवसकै अवसरमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान गर्ने योजना रहेको उनले बताए । पछिल्ला समयमा पदमार्गहरू हराउँदै मासिँदै गएका अवस्थामा हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धौलागिरि चक्रीय पदमार्गलाई महत्त्वपूर्ण विकल्पका रूपमा अघि बढाउन सकिने उनको भनाइ छ । 

चट्टानी पहाड, जंगल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि चक्रीय पदमार्गलाई साहसिक पदमार्गका रूपमा लिइन्छ । पछिल्ला समयमा २०६८ यता यस क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।

0 Comments