काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमाथि यसअघि लगाइएको निलम्बन आदेश फिर्ता लिएको छ।
सम्बन्धित विवाद समाधानका लागि भएको छलफलपछि निलम्बन फुकुवा गर्ने निष्कर्षमा पुगिएको हो। एन्फाका महासचिवसहित पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए।
उक्त छलफलमा अखिल नेपाल फुटबल संघ का पदाधिकारी र सरकारका तर्फबाट सस्मित पोखरेल लगायत सहभागी भएका थिए। संवादपछि आपसी सहमतिमा निलम्बन सम्बन्धी निर्णय फिर्ता लिने समझदारी बनेको हो।







