२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा सदन विद्यालयमा विद्यार्थी परामर्श सदस्यहरूको शपथ ग्रहण

अ+ अ-

काठमाडौँ । काठमाडौँको बत्तिसपुतलीस्थित सेवा सदन विद्यालयमा विद्यार्थी परामर्श सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । वैशाख २५ गते सम्पन्न निर्वाचनमार्फत चयन भएका १२ जना विद्यार्थी प्रतिनिधिलाई विशेष कार्यक्रमबीच औपचारिक रूपमा शपथ ग्रहण गराइएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन पक्षको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारी बोध तथा लोकतान्त्रिक अभ्यासको विकास गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिइएको थियो ।

विद्यालयकी डाइरेक्टर कल्पना गिरीले नेपालको संविधानको धारा ३९ ले सुनिश्चित गरेको बाल अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न विद्यालयले विद्यार्थी सहभागितामूलक अभ्यासलाई प्राथमिकता दिएको बताइन् । उनले शिक्षा, खेलकुद, सिर्जनात्मक गतिविधि तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको समान पहुँच सुनिश्चित गर्न विद्यालयले नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरिन् ।

हरेक बालबालिकाले पढ्न, खेल्न तथा आफ्नो क्षमता प्रदर्शन गर्न समान अवसर पाउनुपर्छ भन्ने उद्देश्यले विद्यालयले निर्वाचन प्रणालीमार्फत विद्यार्थी प्रतिनिधि चयन गर्दै आएको उनले बताइन् ।

विद्यालयकी प्रिन्सिपल नीता मजुम्दारले विद्यार्थीहरूलाई सानै उमेरदेखि नेतृत्व र जिम्मेवारीप्रति अभ्यस्त गराउन विद्यालयले हरेक वर्ष लोकतान्त्रिक अभ्यास गराउँदै आएको बताइन् । उनका अनुसार निर्वाचन प्रक्रियाले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारी बोध तथा आफ्ना धारणा प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ ।

कार्यक्रममा विद्यालयका विद्यार्थी कप्तान श्रीजल नेपालले विद्यालयप्रति उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीका समस्या समाधान तथा विभिन्न सदनबीच समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । उनले साथीहरूले दिएको मतको सम्मान गर्दै निष्पक्ष र जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

विद्यालय प्रशासनका अनुसार उक्त कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन, सहकार्य तथा लोकतान्त्रिक अभ्यासप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

0 Comments