२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी संस्थालाई ऋणले च्यापेपछि…

अ+ अ-

दाङ । दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ । संघको शनिबार भएको ११औँ साधारण सभाबाट महसुल वृद्धि गरिएको हो । संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रुपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रुपैयाँ बनाइएको छ ।

संस्थाले सहलगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको रु. एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको रु. ६ करोड ८९ लाख २६ हजार ऋण लिएको थियो । जसमध्ये अहिलेसम्म नगर विकास कोषलाई सावाँ र ब्याज गरी रु. एक करोड २६ लाख ३२ हजार ३९४ मात्रै तिरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको सापटी रकम तिर्नका लागि पनि ताकेता गरिरहेको छ । यसले गर्दा खानेपानीको महसुल बढाउनुपर्ने अवस्था आएको सचिव वलीले बताए ।

संस्थाको रु. ३२ करोड छ लाख लागतमा सहलगानीको काम भएको हो । नेपाल सरकारको सहलगानी आयोजनाअन्तर्गत भएको काममा सरकारले रु. ३० करोड ७३ लाख ६५ हजार उपलब्ध गराएको थियो । त्यसको २० प्रतिशत उपभोक्ताले तिर्नुपर्ने हुन्छ । त्यही उपभोक्ताले तिर्नुपर्ने रकमका लागि लिइएको ऋण तथा सापटी तिर्न निकै कठिन भएको छ । हाल खानेपानीको वार्षिक आम्दानी रु ७० लाख हाराहारीमा रहेको कोषाध्यक्ष वसन्त थापाले बताए । 

साधारण सभाले कार्यसमितिको कार्यकाल चार वर्ष बनाएको छ । यसअघि तीन वर्षे कार्यकाल थियो । त्यसलाई बढाएर चार वर्षे बनाइएको अध्यक्ष प्रदीप गौतमले बताए । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले साना खानेपानी संस्थाहरूलाई नजिकैको ठूलो खानेपानी संस्थामा मर्ज गर्ने बताए । त्यसो गर्दा नै राज्यको लगानी सही रूपमा सदुपयोग हुने उनको भनाइ थियो । 

0 Comments