काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान गरेकी छन्।
काठमाडौँ महानगरपालिकाका अनुसार कार्यवाहक प्रमुख डंगोल डेभिड लिसनार्डको निमन्त्रणामा कान्स पुगेकी हुन्। भ्रमणका क्रममा उनले फेस्टिभलअन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रम तथा सत्रमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उनी आगामी जेठ ८ गते स्वदेश फर्किने तालिका रहेको महानगरले जनाएको छ।
कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’ सञ्जालअन्तर्गत चलचित्र विधामा आबद्ध नगर हुन्। काठमाडौँ सहर विसं २०८० कात्तिक १४ गते चलचित्र सहर सञ्जालको सदस्यका रूपमा चयन भएको थियो।
कान्सका मेयर लिसनार्डले पठाएको निमन्त्रणा पत्रमा फेस्टिभलले विश्वका रचनात्मक सहरहरूबीच सहकार्य र अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने उल्लेख गरिएको छ। विशेष गरी ‘अन-एयर’ शीर्षकअन्तर्गत अडियो-भिजुअल सामग्री निर्माण र प्रसारण शृंखलाबारे जानकारी हासिल गर्न कार्यक्रम उपयोगी हुने जनाइएको छ।
भ्रमणका क्रममा डंगोलले कान्सका मेयर लिसनार्ड तथा फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
यस वर्षको कान्स फिल्म फेस्टिभलमा नेपालका निर्देशक अविनाशविक्रम शाहको चलचित्र इलिफेन्ट इन द फग प्रदर्शन हुने भएको छ।
युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा हाल एक सयभन्दा बढी देशका चार सयभन्दा बढी सहर आबद्ध रहेका छन्।
स्कटल्यान्डविरुद्ध नेपालको सम्भावित ओपनिङ साझेदारीबारे ठ्याक्कै अनुमान गर्न कठिन भए पनि कुशल भुर्तेल र आसिफ शेख लयमा रहे ४० देखि ७० रनसम्मको साझेदारी सम्भावित मान्न सकिन्छ।







