२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस-रिसवत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत व्यक्तिले बकपत्रका क्रममा अनुसन्धानसँग प्रतिकूल हुने बयान दिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार घुस लेनदेन तथा गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित एक मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दीपक थापाले अदालतमा गरेको बकपत्र अनुसन्धान क्रममा दिएको बयानसँग मेल नखाने देखिएको हो । उनीमाथि अनुसन्धानका क्रममा सहकार्य गरेको आधारमा मतियारको हैसियतमा उन्मुक्ति दिइएको भए पनि पछि अदालतमा फरक विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

अनुसन्धानका क्रममा प्राप्त विवरण अनुसार थापाले भिजिट भिसा प्रक्रियामा सेटिङ मिलाउने, यात्रु प्रस्थानअघि नाम सूचीकरण गर्ने तथा होटेल बुकिङ र मुद्रा सटहीसँग सम्बन्धित काममा संलग्न रहने गरेको पाइएको आयोगको दाबी छ ।

आयोगले उक्त गतिविधि संगठित रूपमा भिजिट भिसा दुरुपयोगसँग सम्बन्धित रहेको निष्कर्ष निकाल्दै उनीमाथि मुख्य कसुरदारलाई सहयोग गरेको आरोपसमेत समेटेको छ । सोही आधारमा उनलाई मतियारको रूपमा कसुरमा संलग्न ठहर गर्दै मुख्य अभियुक्तसरह सजायको मागदाबी गरिएको छ ।

आयोगले घुस तथा भ्रष्टाचारसँग सम्बन्धित मुख्य मुद्दामा बिगो कायम गरी कैद तथा जरिवानासहितको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

0 Comments