२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपा सहरी योजना आयोगमा डा. राजभण्डारी नियुक्त

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रिक्त रहेको सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने भएको छ ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेका ४९औँ कार्यपालिका बैठकले डा. राज भण्डारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

हाल देशका प्रधानमन्त्री बनिकेका वालेन्द्र शाह (बालेन)ले गत माघ ४ गते कामपाको प्रमुखबाट राजीनामा दिएसँगै खाली भएको उक्त पदमा राजभण्डारी नियुक्त गर्ने भएको हो ।  

त्यसैगरी, बैठकले कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिसम्बन्धी व्यवस्था गरिएको कार्यविधि संशोधनसहित पारित गरेको छ । शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्यसचिव एवं शिक्षा अधिकारी नमराज ढकालले, छात्रवृत्तिसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।  

यसैगरी, नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायमको जिम्मेवारी दिने भएको छ ।  

कार्यविधिमा समेटिएका व्यवस्थाका विषयमा दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार केसी र आशामान संगतले धारणा राखेका थिए । यही प्रस्तावको छलफलमा रोजिना श्रेष्ठले आइतबार विद्यालय खोल्ने विषयलाई एकरूपता दिनुपर्ने सुझाव दिएका थिए । 

बैठकले, कामपाका प्रथम उपप्रमुख कप खोखो प्रतियोगता सञ्चालन गर्ने, वडा नं १७ मा रहेको कन्या माध्यमिक विद्यालयमा छात्राहरूका लागि छात्रावास बनाउने, महानगर प्रहरी बलको कर्मचारी व्यवस्थापनका लागि पदपूर्ति समिति गठन गर्ने, जेन जेड आन्दोलनका क्रममा क्षति भएका जनसेवा प्रहरी, महानगर प्रहरी वृत्त गौशाला र कालीमाटी पुन:निर्माणमा ज्याला पारिश्रमिक उपलब्ध गराउनका लागि वडा नं ७, ८, ९, ११, १२ र १४ वडा समितिको प्रस्ताव अनुमोदन गरेको छ । 

बैठकका विविध विषयमा ईश्वरमान डंगोल, बालकृष्ण महर्जन, सरोज ढकाल, विमलकुमार होडा, मचाराजा महर्जन, भुवन लामा र रोजिना श्रेष्ठले धारणा राखेका थिए । बैठकमा सात वटा क्षेत्रमा पेस भएका विविधसहित १९ वटा प्रस्ताव पारित गरेको थियो । 

0 Comments