काठमाडौँ । लिखतसम्बन्धी कीर्ते कसुरमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन्। उनी नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार तामाङलाई बुधबार नियन्त्रणमा लिइएको हो। उनलाई लिखत कीर्ते सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जनाइएको छ।
अनुसन्धानका क्रममा वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्र बाहिर गएर एक विवाहित व्यक्तिलाई ‘अविवाहित’ भएको प्रमाणित गर्ने सिफारिस दिएको तथ्य खुलेको प्रहरीले जनाएको छ।







