२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र विद्रोहीसँग सम्बन्ध राखेको आरोपमा इरानद्वारा दुई जनालाई फाँसीको सजाय

अ+ अ-

तेहरान । इरानले बिहीबार सशस्त्र विद्रोह र ‘पृथकतावादी आतंकवादी समूह’ को सदस्यता लिएको र उनीहरूसँग सम्बन्ध बनाएको आरोपमा दुई जनालाई फाँसी दिएको छ ।

गत फेब्रुअरीमा इजरायल र अमेरिकाबीच द्वन्द्व सुरु भए देखि इरानले मृत्युदण्डको सजाय बढाएको छ भने यो वर्षको सुरुमा इरानमा भएको सरकार विरोधी प्रदर्शनमा धेरैलाई दोषी ठहर गरी फाँसी दिइएको थियो ।

बिहीबार मृत्युदण्ड दिइएका दुई जना व्यक्तिहरू पश्चिमी इरानमा सुरक्षा बलहरू विरुद्धको सशस्त्र आक्रमण र हत्याको षड्यन्त्रमा संलग्न रहेको इरानी न्यायपालिकाले जनाएको छ ।

रामिन जालेह र करिम मारुफपुरलाई पृथकतावादी आतंकवादी समूहहरूको सदस्यता लिएको, देशको सुरक्षामा बाधा पुर्‍याउने उद्देश्यले समूह बनाएको, आपराधिक समूहहरूमार्फत गोली हानेर हत्याको प्रयास गरेको आरोपमा फाँसी दिइएको  न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख गरिएको छ ।

एम्नेस्टीसहितका मानव अधिकारवादी समूहहरूका अनुसार चीन पछि इरान विश्वको दोस्रो सबै भन्दा बढी मृत्यु–दण्ड दिने देश हो ।

युद्ध सुरु भए देखि, इरानले जासुसी वा सुरक्षा सम्बन्धी अभियोगमा धेरै मानिसहरूलाई मृत्युदण्ड दिएको छ ।

चालु महिनाको सुरुमा, इरानले इजरायली गुप्तचरलाई जानकारी बेचेको आरोपमा एक व्यक्तिलाई फाँसी दिएको थियो भने यस अघि सोही आरोपमा एक जना एयरोस्पेस इन्जिनियरिङ विद्यार्थीलाई मृत्युदण्ड दिएको थियो ।

0 Comments