२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ९७ लाख ठगी गरेको आरोपमा चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै ठगी गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा दिपेश गुरुङ र सौगात गुरुङ पक्राउ परेका छन्। दुवै जना गोरखाको बारपाक सुलिकोट गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ मा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार उनीहरूले आठ जना पीडितबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ असुल गरेको आरोप छ। उनीहरूलाई जेठ ५ गते काठमाडौँ महानगरपालिका-२६ बाट पक्राउ गरिएको जनाइएको छ।

त्यसैगरी साइप्रस पठाइदिने भन्दै रकम लिएको आरोपमा सूर्यप्रकाश खेजुम पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका-१० स्थायी घर भएका उनी हाल ललितपुरको गोदावरी नगरपालिका-२२ मा बस्दै आएका थिए। एक जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा उनलाई जेठ ५ गते पक्राउ गरिएको हो।

लिथुआनिया पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा शान्ति श्रेष्ठ पनि पक्राउ परेकी छन्। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-३ मा बस्दै आएकी श्रेष्ठमाथि एक जना पीडितबाट १ लाख ९३ हजार रुपैयाँ लिएको आरोप छ। उनलाई जेठ ६ गते काठमाडौँ महानगरपालिका-३० बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

0 Comments