२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, नेतृत्वले दिलायो पद तथा गोपनीयताको शपथ

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष अञ्जन श्रेष्ठले दुई जना महिलासहित ६ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

मनोनीत हुने सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन् ।

महासंघको विधान अनुसार विभिन्न सदस्य समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै कम्तीमा दुई जना महिलासहित सात सदस्य मनोनीत गर्न सकिने व्यवस्था रहे पनि हाल ६ जना मात्र नियुक्त गरिएको हो । बाँकी एक पदमा भने मनोनयन प्रक्रिया पूरा हुन बाँकी रहेको जनाइएको छ ।

यसअघि नै महासंघमा निर्वाचनमार्फत वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका पदाधिकारी चयन भइसकेका छन् । नवनिर्वाचित तथा मनोनीत पदाधिकारी र सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको एकताबद्ध भूमिकामार्फत आर्थिक विकास र व्यावसायिक हित प्रवर्द्धनमा महासंघ सक्रिय रहने बताएका छन् । उनले उद्योगी–व्यवसायीका माग सम्बोधन गर्दै आर्थिक समृद्धिको लक्ष्यमा संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघको हालै सम्पन्न ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनपछि अध्यक्ष पदमा नेतृत्व परिवर्तन भएको हो । विधानअनुसार यस कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था लागू गरिएको थियो, जसअनुसार अञ्जन श्रेष्ठ अध्यक्ष बनेका हुन् ।

संशोधित प्रावधानअनुसार आगामी कार्यकालदेखि भने अध्यक्ष पदका लागि साधारण सभाबाट प्रत्यक्ष निर्वाचन हुने व्यवस्था रहनेछ ।

0 Comments