काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै प्रहरी सहायक निरीक्षक पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग,जलेश्वर कार्यालयले सञ्चालन गर्ने सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०८/०८२-८३ (खुला तथा समावेशी),सशस्त्र प्रहरी सहायक निरीक्षक पदमाश्री सशस्त्र प्रहरी बल, नेपाल, नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, बर्दिबास, महोत्तरीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको छ ।








