२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस

अ+ अ-

काठमाडौँ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

परराष्ट्र मन्त्री शिशिर खनालको भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपालमा पर्वतारोहण पर्यटनको महत्त्वबारे प्रकाश पार्दै हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, पर्वतीय समुदायको जीविकोपार्जन र संस्कृतिको संरक्षणमा नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

उक्त दूतावासका अनुसार सन् १९९७ मे २३ मा सगरमाथा आरोहण गरेका मलेसियाका प्रारम्भिक आरोही डाटुक मोहानादास नागप्पनले आफ्नो अनुभव सुनाउँदै आठ हजार मिटरभन्दा माथिको आफ्नो आरोहणको अनुभवले जीवनप्रतिको दृष्टिकोण परिवर्तन गरेको बताए ।

सन् २०१४ मा चो–ओयु र २०१६ मा सगरमाथा आरोहण गरेका अजीम अफिफ इशाकले हिमाली क्षेत्रमा शेर्पा समुदायलगायत स्थानीय समुदायको योगदानबिना पर्वतारोहण सफल नहुने उल्लेख गरे । 

 कार्यक्रममा महिलालाई लक्षित गर्दै साहसिक यात्रा र क्याम्पिङको प्रवर्द्धनमा काम गर्दै आएकी फजलीन नाजरिनले आफ्ना अनुभव प्रस्तुत गर्दै महिला सहभागिता बढाउन सुरक्षित वातावरण आवश्यक भएको बताए ।

त्यस अवसरमा कार्यवाहक राजदूत बज्राचार्यले मलेसियाका पहिलो सगरमाथा आरोही डाटुक मगेन्द्रन मुनिसामी र डाटुक मोहानादास नागप्पनलाई प्रमाणपत्रसहित सम्मान गरे। कार्यक्रममा मलेसियाली पर्वतारोही, कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, नेपालका मित्री तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

0 Comments