२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यसूची अघि बढ्न नपाउँदै राष्ट्रिय सभाको बैठक स्थगित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगर्दै स्थगित भएको छ। बैठकमा प्रस्तुत हुनुपर्ने विषयहरू अघि बढ्न नपाउँदै सांसदहरूको अवरोधका कारण कार्यवाही रोकिएको हो।

बैठकमा नेपाल-भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाह ले प्रतिनिधि सभामा व्यक्त गरेको भनाइप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले विरोध जनाएका थिए। सोही कारण बैठकको प्रारम्भिक चरणमै अवरोध उत्पन्न भएको हो।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी गराउने कार्यक्रम रहेको थियो। साथै, आर्थिक वर्ष २०८३-०८४ का लागि राजस्व तथा व्ययको अनुमानमाथि सामान्य छलफल सुरु गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय गरिएको थियो।

त्यसैगरी, प्रतिनिधि सभाबाट सन्देशसहित आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गर्ने प्रस्तावसमेत प्रस्तुत गर्ने तयारी थियो।

सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले विपक्षी सांसदहरूलाई कार्यसूची अघि बढाउन पटक-पटक आग्रह गरे पनि अवरोध जारी रहेपछि बैठक सञ्चालन हुन सकेन र अन्ततः स्थगित गरिएको हो।

राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ २६ गते मंगलबार दिउँसो १:१५ बजे बस्ने तय भएको छ।

0 Comments