२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति

अ+ अ-

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य अर्थात् अनुमान गरेको भन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो ।

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आवमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका ठेक्का मार्फत काम भइरहेका छन् ।

करिब १२५ वटा योजना उपभोक्ता समितिबाट निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका योजना शाखाका प्रमुख वीरेन्द्रविक्रम थापाले बताए । गाउँपालिकाले आव २०८१/८२ मा २० लाख भन्दा माथिका योजना १४, पाँच लाखदेखि ५० लाखसम्मका ६१ र पाँच लाखभन्दा कम लागतका ११ वटा आयोजना गरी जम्मा ८६ वटा योजना निर्माण सम्पन्न गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार उक्त आवमा ठूला आठ वटा योजना ठेक्का मार्फत सम्पन्न भई सञ्चालनमा आएका छन् । त्यसमध्ये पालिकाको जनजागृति आधारभूत विद्यालय पक्की भवन, मानेचौर सिलचौर सडक, सरस्वती आधारभूत विद्यालय भवन, सुडी सामुदायिक भवन, ग्रामीण कृषि सडक रारादेखि घोडेसुडी मानेचौर, राँसाखोप्रीदेखि कयरकोटसम्म सडक निर्माण गरिएको छ । सोही आवमा नयाँ सडकको ट्रयाक करिब ३६ किमी निर्माण गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताएका छन् ।

0 Comments